माडी नगरपालिका वडा नं २ भैरवपुरमा त्यस क्षेत्रका बुद्धिजिवी समाजसेवी र अगुवा कृषकहरुको सक्रियतामा महादेव भुर्तेलको अध्यक्षतामा २०५९ सालमा स्थापना भएको यस भैरवी दुग्ध उत्पादक सहकारी संस्थाले आपm्नो स्थापनाको केही समयमा माडी क्षेत्रको भैगोलिक अवस्थाका कारणले सदरमुकाम भरतपुरसम्म आवत जावत गर्न यातायातको असुविधा र दुध जस्तो संवेदनशिल कच्चा पदार्थको ढुवानीमा लाग्ने समय लामो हुने र विग्रिने सम्भावना वढी हुने हुदा सुचारु रुपले संचालन हुन सकेन । २०६२ सालमा सीताराम गोकुलको पटिहानी संकलन केन्द्र जनज्योती च केन्द्रको नामवाट २०६२ फागुन ४ गते ३० लिटर दुध बाट काम शुरु गरि यस क्षेत्रका पशुपालक किसानहरुलाइ बरुवामा दुग्ध संकलन गर्ने र किसानले जनज्योतिलाइ प्रति लिटरको रु २ रुपैया ढुवानी वापत दिने शर्तमा शुरु गरिएको यस संस्थाले कृषकहरुलाइ पशुपालन व्यवसायमा उत्साहित गराउने उदेश्यका साथ भैरवी दुग्ध उत्पादक सहकारी संस्थाले २०६४ सालमा सामुहिक गाई फर्म स्थापना गरी सुरुमा १८ वटा गाईवाट सुरु गरि दुग्ध उत्पादन कार्य सुरु गरियो ।
यातायातको असुविधा रिउखोलामा पुल नहुन,ु बिहान ८ बजे लगेको दूध बाढीको बेला ४ बजे १४–१८ क्यान दूध रीउखोलामा पोख्नुपर्ने जस्ता समस्याले गर्दा फर्म विस्थापित हुन पुग्यो । किसानहरूले व्यक्तिगत रूपमा पनि पशुपालन व्यवसाय अगाडि बढाई उत्साहित भएपछि यस संस्थाले डिडिसीसँग दूधको कारोबार गर्ने सम्झौता गरी २०६७ सालमा दुग्ध विकास संस्थानको चिस्यान केन्द्र सञ्चालन गर्ने कार्य गरियो । २००० लिटर क्षमता भएको भ्याटमा ३०० लिटर दूध राखेर भएपनि किसानहरूकोे उत्साहलाई सम्बोधन गर्ने कार्य गरेकोमा उक्त संस्थालाई धन्यवाद दिनुपर्छ । मिति २०६९ देखि २०७१ सम्म यस संस्थामा दूधको गुणस्तर उच्च हुनको साथसाथै प्रतिदिनको संकलन १४५० लिटरदेखि १६०० लिटरसम्म रहेको थियो । एउटै सङ्कलन केन्द्रमा उच्च भोलुम प्रति कृषक दूध १.५ लिटरदेखि ७ लिटरसम्म रहनुले जाँच गर्न पनि समय लाग्ने हुँदा कृषकहरुलाई दुई तीन घण्टा पालो पर्खनुपर्ने अवस्था सृजना भएपछि कृषकहरूले विकल्पको खोजी गर्नु र संस्थाले विकल्प दिन नसक्नुको कारण पायक पर्ने ठाउँमा सङ्कलन केन्द्र स्थापना दुध संकलनको विकेन्द्रिकरण, समयमा भुक्तानी दिन नसक्नु, पशु आहार, औषधी व्यवस्थ्यापनको चुनौती, जंगली जनावरको कारण घाँस व्यवस्थामा चुनौती, युवाहरुलाई यो पेशामा आकर्षित गर्न नसक्नु आदि कारणले दुध घट्दै गयो भने लागत खर्च पनि बढदै गयो । यस संस्थाले विभिन्न कालखण्डमा भाडामा कोठा लिई दूध संकलन गर्दै आएकोले यो असहजतालाई मध्यनजर गरी मिति २०७२ साल मा संस्थाले आफ्नै नाममा ०–०–२२ धुर घडेरी खरिद गर्ने कार्यले संस्थालाई स्थायी पुजी र अगाडी बढ्ने आधार तयार गर्यो । हाल यस संस्थाले आफ्नै जमिनमा भवन निमार्ण गरि डिडिसिको चिस्यान केन्द्रलाई समेत सोहि भवनमा भाडामा दिइएको छ ।
माडीमा हाल निम्न संस्थाहरुः गोद्धक महिला उद्यमी कृषक समूह सेरुवा, लालीगुरास दुध डेरी सेरुवा, सृजनसील कृषक समूह सितलपुर, भैरवपुर भैसीपालन समूह, सावित्री दुध भण्डार बरुवा, थपलिया दुध डेरी बरुवा, महेश्वरी बहुउद्देशिय सहकारी संस्था खैरहनी, मितेरी कृषि सहकारी संस्था बसन्तपुर, सोमेश्वर दुध डेरी बसन्तपुर, सुवेदी दुध डेरी बसन्तपुर, युनिक दुध डेरी बसन्तपुर, खनाल दुध डेरी बसन्तपुर, कालिका कृषि सहकारी संस्था शिवराजपुर, रोचक गाई फर्म कृतनपुर, दुध संकलन केन्द्र लक्ष्मिनिवास, शनि त्रिवेणी दुध उत्पादक सहकारी संस्था देवेन्द्रपुर, दुध संकलन केन्द्र खरकट्टा, दुध संकलन केन्द्र कृष्णनगर मा गरी दैनिक ४००० लिटर भन्दा बढी दुध संकलन हुन्छ भने करिब १५०० लि. स्थानिय खपत छ भने बाँकी २५०० लि निर्यात गर्ने गरिएको छ ।
यस संस्थाको गत मंसिर २५ गते सम्पन्न १७ औं साधारण सभाले यज्ञ तिवारीको संयोकत्वमा ७ सदस्यिय डेरी सुधार योजना निमार्ण कार्यदल गठन गरि १६ बुंदे कार्ययोजना तयार गरि समितिमा पेश ग¥यो । गत पौष २७ गते संस्थाको बैठक बसि कार्ययोजनालाई अनुमोदन गर्नुका साथै माघ १७ गते विशेष साधारण सभा बस्ने निर्णय भएबमोजिम आजको कार्यक्रम सञ्चालन भएको छ । यस विचमा दुध उत्पादक किसानहरु, राजनितिक दलका प्रतिनिधिहरु, जनप्रतिनिधीहरु एवं विभिन्न सामाजिक व्यक्तीत्वहरुसंग संवाद गरि उक्त कार्ययोजनामा सुझाव संकलन गरियो ।